समसामयिक विषयमा छलफल भयो, तर माफी मागिएनः नगरप्रहरी प्रमुख पाण्डे

काठमाडौं- काठमाडौं महानगपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग शुक्रबार भेट गरेका छन् । पाण्डेले प्रमुख प्रशासकीय अधिकृतसँग भेटेर माफी माग्यो भनेर हल्ला फैलाइएको भन्दै त्यसको खण्डन गरेका छन् ।
उनले शुक्रबारको सुरक्षाका बारेमा सामान्य छलफल मात्रै भएको बताए । “सामान्य छलफल भएको हो । महानगरको प्रमुख मेयर हो । म उहाँकै आदेशमा चल्ने हो,” पाण्डेले भने, “माफी माग्यो भनेर हल्ला फैलाइएको सबै झूट हो । मैले माफी मागेकै छैन ।” माफी माग्नुपर्ने कारण नभएको उनले बताए । 'मैले अफिसको काम मात्र गरेको हुँ,' उनले अगाडि थपे ।
पाण्डेको टोलीले बिहीबार गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो । महानगरकी उपप्रमुखले हस्तक्षेप गरेर उनलाई कार्यालयमा हाजिर गराएकी थिइन् ।

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

प्रतिक्रिया