चौँथो पटकमा गृहमन्त्री बने खाण

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री भएका छन् । उनलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ । तिलोत्तमा नगरपालिका ८, रूपन्देही स्थायी बसोबास गर्ने खाण २०१७ असार १८ गते स्याङ्जामा जन्मिएका हुन् । उनी नोइन्द्रबहादुर खाण र टोपकुमारी खाणका छोरा हुन् । समानुपातिकतर्फका सांसद खाणले २०३३ सालमा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए ।
त्यसपछि नेविसंघ रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ सालमा नेविसंघको केन्द्रीय समिति सदस्य, त्रिवि स्ववियु सभापति २०४३ र नेविसंघ अध्यक्ष २०४४ सालमा बने । त्यस्तै २०५४ सालमा नेपाल तरुण दल अध्यक्षको अध्यक्ष बने । उनी २०५६ सालदेखि निरन्तर नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य छन् ।
उनी रूपन्देही ३ बाट २०४८ सालमा प्रतिनिधि सभा सदस्य तथा संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा निर्वाचित भएका थिए । खाणले संविधान निर्माणमा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।
यसअघि उनी शिक्षा तथा खेलकुद राज्यमन्त्री, २०६६ सालमा सिँचाइमन्त्री र २०७३ मा रक्षामन्त्री बनेका थिए । स्नातक पास गरेका खाण कांग्रेसको विद्यार्थी र युवा फाँट दुवैको नेतृत्व गरेका छन् । संसदीय राजनीतिमा अनुभवी सांसदका रूपमा परिचित उनी चारपटक जनप्रतिनिधि बनेका छन् ।
खाण राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया