जेलेन्स्कीको गृहनगरमा वर्षकै सबैभन्दा ठूलो रूसी हमला, १८ जनाको मृत्यु

किभ- मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ ।
सो आक्रमणमा परी ९ बालबालिकासहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यसलाई यस वर्षको मस्कोको सबैभन्दा घातक हमलामध्ये एक भनिएको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा शुक्रबारको आक्रमण भएको हो ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको लागि जोड दिइरहेका बेला मस्कोवाट यो घातक हमला भएको हो ।
स्थानियका अनुसार सो हमलापछि आवासीय घरहरूमा क्षति पुर्याएको र भयंकर आगो लागेको निप्रोपेट्रोव्स्कका गभर्नर सेर्ही लिसाकले टेलिग्राम सन्देशमार्फत जानकारी दिएका हुन् । उनका अनुसार मृतक र घाइतेहरू फुटपाथमा लडिरहेका देख्न सकिन्छ।
युक्रेनी मिडियाका अनुसार सो आक्रमणमा परी कम्तिमा ५० जना घाइते भएका छन् । आपतकालीन सेवाहरूले भनेका छन्, ‘यो संख्या बढ्दै गएको छ। ३ महिनाको बच्चासहित ३० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ ।’
रुसी सेनाले ब्यालेस्टिक मिसाइल प्रयोग गरेको मानव अधिकारवादी ओम्बड्सम्यान दिमिट्रो लुबिनेट्सले जनाएको छ ।

म्यान्मामा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती

पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प

१५ दिनमा ६०० आक्रमण : २५० हमासका सैनिक मारिएको इजरायलको दाबी

दुई तारा ठोक्किँदै : आणविक बमभन्दा हजार ट्रिलियन गुणा विष्फोट, पृथ्वीमा कुनै …

यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थिए पहिलो ज्यान गुमाउने व्…

कजाकिस्तानमा भेटियो पृथ्वीको दुर्लभ धातुको भण्डार, बनाउने छ देशलाई थप धनी

प्रतिक्रिया