सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह

काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनौट प्रक्रियाका बारेमा आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।
समितिको आजको बैठकले ती आयोगका अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनौट प्रक्रिया, २०८१ को मस्यौदामा सार्वजनिक रूपमा राय, प्रतिक्रिया माग गर्ने निर्णय भएको जनाएको छ । सोही निर्णयका आधारमा आप्ना राय सुझाव पठाउन आग्रह गरिएको समितिका प्रवक्ता डा लीली थापाले जानकारी दिइन् ।
समितिले तयार पारेको मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको वेबसाइट र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचना पाटीमासमेत प्रकाशन गरिएको जनाएको छ । सो मस्यौदा माथि यही चैत २६ गतेभित्र आफ्ना सुझाव पठाउन सकिने उल्लेख छ ।

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया