सशस्त्रद्वारा अवैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट- रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अवैध रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सीमावर्ती भारतीय बजार बैरगनियाबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा श्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ गरेको हो।
५ लाख रुपैयाँसहित पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया–१४ पटेल चोकका १८ वर्षीय मोहित कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले बताए।
गौर नगरपालिका १ कानुपट्टी सीमा इलाकामा बिआर ०५ जे १३२७ नम्बरको मोटरसाईकल रुपैयाँसहित शुक्रवार साँझ पक्राउ परेका भारतीय नागरिक पटेललाई आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया