पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प

सिड्नी- पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।
दश किलोमिटर गहिराइमा आएको भूकम्पले सुनामी चेतावनी निम्त्याएको थियो तर त्यसलाई पछि अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रद्वारा घटाइएको थियो ।
“सबै उपलब्ध आँकडाका आधारमा यस भूकम्पबाट सुनामीको खतरा अहिले बितिसकेको छ”, नजिकको निगरानी स्थलमा ‘कुनै सुनामी अवलोकन गरिएको छैन’ भन्दै केन्द्रले भन्यो ।
भूकम्प स्थानीय समयानुसार बिहान ६:०४ बजे आएको थियो र नजिकैको प्रमुख सहर किम्बेबाट लगभग एक सय ९४ किलोमिटर दक्षिणपूर्वमा केन्द्रित थियो ।
किम्बेको लिआमो रिफ रिसोर्टकी रिसेप्सनिस्ट मारोलिन सिम्बिकेनले अहिलेसम्म उहाँले कुनै क्षति नदेखेको बताउनुभयो ।
“हामीले यहाँ भूकम्प महसुस गर्यौँ”, उहाँले भन्नुभयो, “तर ठूलो क्षति छैन । यहाँ केही क्षति भएन र कुनै खाली गर्ने आदेश थिएन ।”
वालिन्दी प्लान्टेसन रिसोर्टकी कर्मचारी बारबरा आइबिलोले ‘हल्का कम्पन’ को महसुस गरेको बताए ।
युएसजिएसका अनुसार त्यसपछि समुद्रको उही क्षेत्र नजिकै ४.९ देखि ५.३ सम्मको प्रारम्भिक म्याग्निच्युड भएका केही साना भूकम्पहरू गएका थिए ।
पपुआ न्यु गिनीमा भूकम्पहरू सामान्य छन् । यो मुलुक भूकम्पीय ‘रिङ अफ फायर’ (दक्षिणपूर्व एसिया र प्रशान्त बेसिन भर फैलिएको तीव्र टेक्टोनिक गतिविधिको एक अर्क) माथि अवस्थित छ ।
तिनीहरूले कम जनसङ्ख्या भएका क्षेत्रहरूमा व्यापक क्षति नपुर्याउने भए पनि विनाशकारी पहिरोहरू निम्त्याउन सक्छन् । (एएफपी)

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया