फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती

वासिङ्टन- वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ ।
बुधबार प्रकाशित देश र क्षेत्रहरूको सूचीमा ट्रम्पको ह्वाइट हाउसले हिन्द महासागरको क्षेत्र ला रियुनियनबाट आयातमा ३७ प्रतिशत र उत्तरी अटलान्टिकमा रहेको सानो सेन्ट–पिएरे–एट–मिक्वेलनबाट आउने वस्तुहरूमा ५० प्रतिशत शुल्क लगाउने जनाएको थियो ।
शुक्रबार उपलब्ध गराइएको सूचीको संस्करण अनुसार युरोपेली सङ्घ (इयु) को साझा भन्सार क्षेत्रको हिस्सा तर कर उद्देश्यका लागि छुट्टै क्षेत्र मानिने ला रियुनियनले त्यसको साटो १० प्रतिशत करको सामना गर्नेछ ।
प्राविधिक रूपमा युरोपेली सङ्घ (इयु) को हिस्सा नभएको सेन्ट–पिएरे–एट–मिक्वेलन पनि त्यही शुल्कको प्रभावमा पर्नेछ ।
यसले ती दुई क्षेत्रलाई अन्य फ्रान्सेली विदेशी भू–भागहरू ग्वाडेलुप, मार्टिनिक, फ्रेन्च गुयाना र मायोटेसँग समान स्थितिमा ल्याउनेछ ।
ला रियुनियनका क्षेत्रीय अध्यक्ष ह्युगेट बेल्लोले बुधबार प्रारम्भिक कर दरबारे थाहा पाएपछि ट्रम्पलाई ‘अज्ञानी’ भन्दै आलोचना गर्नुभएको थियो भने सेन्ट–पिएरे–एट–मिक्वेलनका सांसद स्टेफन लेनोर्मनले ‘अमेरिकी प्रशासनमा अक्षमता’ भनेर आक्रमण गरेका थिए ।
सूचीको शुक्रबारको संस्करणले न्युजिल्यान्ड र फ्रान्सेली प्रशान्त क्षेत्र न्यु क्यालेडोनियाको बीचमा रहेको अस्ट्रेलियाको नोरफोक टापुमा योजनाबद्ध भन्सार शुल्कहरू पनि तीव्र रूपमा घटाइएको देखिन्छ ।
दुई हजार जनसङ्ख्या भएको यो द्वीपमा प्रारम्भमा २९ प्रतिशत आयात शुल्क लाग्ने अनुमान गरिएको थियो । यो अहिले घटेर १० प्रतिशत भएको छ ।
शनिबारदेखि क्यानाडा र मेक्सिकोबाहेक सबै अमेरिकी आयातमा १० प्रतिशत भन्सार शुल्क लागू हुनेछ ।
आगामी बुधबारदेखि दर्जनौँ अमेरिकी व्यापार साझेदारका लागि दरहरू बढाइनेछ । यसमा युरोपेली सङ्घका आयातकर्ताहरूले २० प्रतिशत र चीनले ३४ प्रतिशत तिर्नुपर्नेछ । (एएफपी)

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_64kJrvWkKx_lmgpvfmplc4yjelsubccmgo4inj2rrlazfucr7i4jjkvk7tq9z0sq8jlo3eb.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया