प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गर्नुभएको हो ।
“त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको छ”, प्रधानमन्त्रीले शुभकामनामा भन्नुभएको छ, “प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य भन्ने गरिन्थ्यो ।
लोकप्रियता भन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन् ।” चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

एकीकृत समाजवादीद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

माओवादीले सहयोग नगर्दा शिक्षक सडकमा आउनुपरोः महासचिव पोख्रेल

राप्रपाले भोलि भृकुटीमण्डपमा कार्यक्रम गर्न नपाउने

चुनावअघि नै पार्टीको महाधिवेशन हुन्छः थापा

काठमाडौंमा फायर सेफ्टी सम्मेलन, वनमन्त्रीले देखाए उपकरण र जनशक्तिको कमीको चिन्…

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति पौडेल

सरकारले शिक्षकको माग तत्काल पूरा गरेर काममा फर्कने वातावरण बनाउनूः डा. कोइर…

प्रतिक्रिया