काठमाडौंमा फायर सेफ्टी सम्मेलन, वनमन्त्रीले देखाए उपकरण र जनशक्तिको कमीको चिन्ता

काठमाडौँ- आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आजदेखि काठमाडौँमा सुरु भएको छ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन ९आप्सा नेपालद्वारा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ।
उक्त सम्मेलनको उद्धघाटन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गरेका हुन् । सम्मेलनमा बोल्दै उनले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताए ।
उनले वन डढेलो नियन्त्रणका लागि सकारसँग दमकल बाहेक अन्य कुनै विकल्प नरहेको बताए । उनले सरकारले वन डढेलोलाई गम्भिरता साथ लिएर विभिन्न विकल्पहरुबारे सोचिरहेको पनि बताए । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरु परिचालन उनको भनाइ छ । उनले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
“नेपाल सरकारले वन डढेलोलाई गम्भिरता साथ लिएको छ । र यसको न्युनिकरणका लागि नेपाल सरकारले गरेर मात्र सम्भव हुन्न । वन डढेलो नियन्त्रणको लागि वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ । सम्पुर्ण सरोकारवाला निकायहरु, नागरिक समाज, स्थानीय समुदाय, युवाहरुको भुमिका पनि महत्वपूर्ण छ । यसलाई नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले एउटा महत्वपूर्ण विपद्को रुपमा लिएर कार्यहरु गर्दै आएको छ,’’ उनले भने ।
त्यस्तै आप्सा नेपालका अध्यक्ष सुनिल कुमार श्रेष्ठले आगलागी सुरक्षा सम्बन्धी विषयमा आगामी दिनहरूमा सरकारसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए। उनले सम्मेलनबाट उठेका महत्वपूर्ण सुझावहरू र सिफारिसहरूलाई सम्बन्धित सरकारी निकायहरूसमक्ष प्रस्तुत गर्ने र ती सुझावहरूलाई कार्यान्वयनतर्फ लैजान सरकारसँग समन्वय गरेर अगाडि बढ्ने स्पष्ट पारे।
श्रेष्ठले फायर सेफ्टीलाई केवल प्राविधिक विषय नभई जनताको जीवनरक्षा, पूर्वतयारी, र समग्र सुरक्षा प्रणालीसँग जोडिएको महत्वपूर्ण मुद्दाको रूपमा औँल्याउँदै यसमा सरकार, निजी क्षेत्र, र सरोकारवाला निकायहरूबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गरे। साथै उनले आप्सा नेपालले जनचेतना अभिवृद्धि, क्षमता विकास, र नीतिगत सुधारमा समेत सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू तथा आगलागी र विद्युतीय सुरक्षाका विज्ञहरूको उपस्थिति रहेको छ ।
कार्यक्रममा चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलङ्का, भियतनाम, हङकङ, इन्डोनेसिया, मकाउ, फिलिपिन्सलगायत १४ देशका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। सहभागीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र उत्कृष्ट अभ्यासहरूको जानकारी दिन विविध सत्र, प्रविधि प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी ह…

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

एकीकृत समाजवादीद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

माओवादीले सहयोग नगर्दा शिक्षक सडकमा आउनुपरोः महासचिव पोख्रेल

राप्रपाले भृकुटीमण्डपमा कार्यक्रम गर्न नपाउने

चुनावअघि नै पार्टीको महाधिवेशन हुन्छः थापा

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति पौडेल

प्रतिक्रिया