‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव

कास्की- आलु गाउँका रूपमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेम्जामा आजदेखि राष्ट्रिय आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ नारासहित आगामी वैशाख ३ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्त श्रेष्ठले महोत्सवसँगै यहाँ उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
यहाँको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेको भन्दै धेरैको रोजाइमा पर्ने गरेको छ । यसैको प्रचारका लागि महोत्सवस्थलमा ५० हजार केजी आलुको पहाड निर्माण गरिएको छ ।
स्थानीय कृषकबाट सङ्कलित आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ । बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने उनले बताए ।
तिमिल्सिनाका अनुसार महोत्सवमा प्रतिकेजी रु ४२ मा आलु बिक्री हुने गरेको छ । हेम्जाको कुल १३ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ५५० हेक्टरमा आलुखेती गर्ने गरिएको छ । यहाँका दुई हजार परिवार कृषिमा आधारित रहेकामा एक हजार ५० कृषकले व्यावसायिक आलुखेती गर्दै आएका छन् ।
महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यहाँ कृषिलगायत अन्य क्षेत्रको विकासका लागि महानगरले साथ दिने बताए । उनले उत्पादित कृषिउपजको बिक्री तथा वितरणका लागि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएकाले त्यसबाट लाभ लिन आग्रह गरे ।
कृषि विकास मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले खेतीयोग्य जमिन घट्दै जानु चिन्ताको विषय भएको बताए । पोखरामा मागको ९५ प्रतिशत बढी आलु अन्यत्रबाट ल्याउनु परेको जानकारी दिँदै उत्पादन वृद्धि गर्नुपर्ने खाँचो औँल्याए ।
महोत्सवमा कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, कलाकारहरूका प्रस्तुति, कृषक सम्मान, विभिन्न कृषिउपज, बीउबिजन तथा अन्य कृषियन्त्र पनि प्रदर्शनीमा राखिएका छन् ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_DYeRyqulfY_amqxumvg9c8dsvvan66yt7tvydntzoqmja20pj9msgqw3k4fumwg5xfkkco5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया