मीनको बोलीले धेरैलाई आकर्षित गर्ने, सिंहले मन मिल्ने साथी भेट्ने

काठमाडौँ- आज २०८१ चैत २५ गते सोमबार ।
मेष
आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ ।
वृष
नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।
मिथुन
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसि रहनेछ ।
कर्कट
रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साहत जाग्नेछ ।
सिंह
मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ । कामको राम्रै मूल्यांकन हुनाले तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन् ।
कन्या
मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । परिवारजनबाट काममा सहयोग जुट्नेछ । साथिभाइले पनि काममा सहयोग जुटाउन सक्छन् ।
तुला
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।
वृश्चिक
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम शुरु गर्ने अवसर जुट्नेछ ।
धनु
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसि हुनेछ ।
मकर
बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ ।
कुम्भ
मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।
मीन
बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ ।

१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी स…

एनी कुँवर पक्राउ

सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

राष्ट्रपति भवन अगाडि लघुवित्त-सहकारी पीडितको प्रदर्शन

काठमाडौँबाट ९ जना जुवाडे पक्राउ
‘खानेपानीको सुविधा भयो गाउँ छाडेर जान मन लाएको छैन’

प्रतिक्रिया