भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
जसअनुसार आज दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ ।
राप्रपाले यही २६ चैतमा प्रदर्शन र सभा आयोजना गरे पनि प्रशासनले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भए पछि सो बैठक बोलाइएको हो ।
राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालयले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न वैकल्पिक स्थान तोकेपछि राप्रपाले आकस्मिक रूपमा बैठक बोलाएको हो ।
बैठकले स्थानिय प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्ने अनुमति नदिए पछि अब के गर्ने ? भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया