भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा बल्खुमा हुने भएको छ ।
आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नु अघि प्रवक्ता मोहन श्रेष्ठले यो जानकारी दिएका हुन् ।
‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’
उनले अगाडी भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाई लिदैंछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’
यता आजै दिउँसो ३ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा केन्द्रिय कार्यसमितिको बैठक पनि बस्नेछ ।
राप्रपाले यही २६ चैतमा प्रदर्शन र सभा आयोजना गरे पनि प्रशासनले भृकुटीमण्डपमा राप्रपालाई सभा गर्न नदिने भए पछि बल्खुमा गर्ने निर्णय गरेसँगै सो बैठक बोलाइएको हो ।
राप्रपाले माग गरेको भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालयले शिक्षक आन्दोलन र अन्य आन्दोलनको कारण देखाउँदै सभा गर्न नदिने जनाउँदै बल्खु वा सिफलमा गर्न बैकल्पिक स्थान तोके पछि राप्रपाले आकस्मिक रूपमा बैठक बोलाएको हो ।
बैठकले स्थानिय प्रशासनले भृकुटीमण्डपमा प्रदर्शन गर्ने अनुमति नदिए पछि अब के गर्ने रु भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने : तपाईंहरू मादल बजाएर आएको हो?

संसद्मा विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैलाई दुख्दा निर्मल निवासलाई कि…

प्रतिक्रिया