कृषकलाई चैते धानको बीउ अनुदानमा

गण्डकी- पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।
महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उनले यस वर्ष पनि प्रतिरोपनी रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।

मनास्लु क्षेत्रमा बेलायती पर्यटकको मृत्यु, २४ घण्टादेखि हुन सकेन उद्धार

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

आँटेको पुर्याइदेउ बागलुङ कालिका

‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव
_wErMTHoVy5_pggcgvh86ozutzx5dkudkr0ei40ebw6lmriogi5xofwlyyl6sszzi9rvip79_IHOpkA80rP_i3ijdmtk06iymzcevfhwwcqcybuaa6iq00wnra1ao9jae0yk3vchuxyzrpnk.jpg)
गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

हराउँदै चैते दसैँ मेलाको मौलिकता

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौँको विजयी सुरुवात

प्रतिक्रिया