मुलुकमा कुनै गम्भीर घटना भए कसले सम्हाल्ने ?
काठमाडौँ : पाँच बजेदेखि मुलुक सरकारविहीन अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद् पदमुक्त भइसक्यो । नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाकाे शपथ अझै हुन सकेको छैन। उनी चार मन्त्रीको सूचीसहित साढे दुई घण्टा देखि शीतल निवासमा छन् ।
तर अझै कुनै टुंगो लागेको छैन, भनौँ राष्ट्रपति निवासमा रमिता जारी छ । यसको जिम्मेवार को ? यसबारेमा खोजी हुनुपर्ने राजनीतिक दलका नेताहरूले त्यही बताउन थालेका छन् । शपथमा साक्षी बस्न गएकाहरू धमाधम काम देखाउँदै फर्किन थालेका छन् । शीतल निवासमा राखिएका कुर्सीहरू खाली हुँदै गएका छन् । यसले मुलुकको अवस्था दर्साइरहेको पनि उपस्थित उच्च कर्मचारीहरूले बताए ।
यो समयमा मुलुकमा गम्भीर घटना भए कसले सम्हाल्ने भन्ने प्रश्न वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले औल्याएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भने, 'शीतल निवास जिम्मेवार भएन कि ? यसबीच मुलुकमा कुनै गम्भीर घटना भए कसले सम्हाल्ने ?'
लामो समयदेखि स्वदेशी तथा विदेशी पत्रपत्रिकामा कलम चलाउँदै आएका उनै पत्रकार अधिकारीले नयाँ प्रधानमन्त्रीको प्रतिक्षा पाँच बजेदेखि अहिलेसम्म हो यसलाई के भन्ने ? उनले सामाजिक संजालमा उक्त धारणा राखेका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया