जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं- जबर्जस्ती करणीको अभियोगमा दुई जना प्रकाउ परेका छन् । नेपाल प्रहरीका अनुसार संखुवासभा र कैलालीवाट एक एक गरी दुइ जना पक्राउ परेका हुन् । जसअनुसार संखुवासभामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदबारी नगरपालिका–८ बस्ने २५ वर्षीय नवराज कट्टेल पक्राउ परेका छन् ।
कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । उता, कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई हिजो राती प्रहरीले पक्राउ गरेको हो ।
साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१० बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय फायर सेफ्टी स…

एनी कुँवर पक्राउ

सगरमाथा आरोहणमा जान लागेको प्रहरी निरिक्षक शेर्पालाई ब्यानर हस्तान्तरण

राष्ट्रपति भवन अगाडि लघुवित्त-सहकारी पीडितको प्रदर्शन

काठमाडौँबाट ९ जना जुवाडे पक्राउ
‘खानेपानीको सुविधा भयो गाउँ छाडेर जान मन लाएको छैन’

काँचो दूध अनुहारमा लगाउँदा हट्छ दाग, ल्याउँछ चमक

प्रतिक्रिया