‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स एन्थम’को मान्यता

काठमाडौं - चलचित्र ‘अञ्जिला’को नयाँ गीत ‘यो देशको झण्डा’ सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक गरिएको यो गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको रहेको छ । गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी मानिएको छ ।
गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे । उनले भने, “यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ । अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ । यो निकै ऊर्जाशील गीत हो, यसले राष्ट्र बोकेको छ, खेलाडी बोकेको छ, खेलकुद बोकेको छ । र, यो नेपालको लागि ‘स्पोर्ट्स एन्थम’ हो । एन्फाले नै यो गीतलाई ‘स्पोर्ट्स एन्थम’को लागि पहल गर्नुपर्छ ।”
गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ । नेपालमा सुपरहिट साबित भइसकेको यस चलचित्रलाई हाल नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको छ ।
यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ । एन्जिला आफैँले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । बाल्यकालदेखि लिएर व्यावसायिक खेल जीवनसम्मको उनको सङ्घर्ष र सफलताको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।
यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्, जो चलचित्रमा कलाकारको रूपमा समेत प्रस्तुत भएका छन् । श्रेष्ठलाई एन्जिलाले आफ्ना ‘गड फादर’को रूपमा लिने गरेकी छन् ।
हालै एन्जिला केही समयको लागि नेपाल आएकी थिइन् र देशभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् । उनी ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिगमा निस एट्रोमिटौ क्लबबाट खेलिरहेकी छिन् र हाल पुनः ग्रिस फर्किएकी छिन् ।
‘अञ्जिला’ चलचित्रमा एन्जिला तुम्बापोसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा, फिल्ममा सुली परिवार थपियो

अन्ततः अगस्त १४ मा भिड्ने भयो ऋतिक रोशन र रजनीकान्तका फिल्म

अब राजामौलीको फिल्म दुई भागमा होइन एक भागमा रिलिज हुने

पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ

लेखक वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित

'कान्ताराः च्याप्टर १' अब अक्टोबर २ मा, देखिने छन् तीन हजार कलाकार

बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

प्रतिक्रिया