सोमबार २५ चैत, २०८१
Monday, April 07, 2025

सुत्केरीको हेलिकप्टबाट उद्धार

काँक्रेविहार (सुर्खेत)-  जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजुकमारी शाहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

सुत्केरीपछि अत्यधिक रक्तश्राव भएका कारण प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोटमा उपचार सम्भव नभएपछि शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । उहाँ यही चैत २३ गते सुत्केरी भएकी थिइन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए । रासस