नेपाल भारतसम्बन्ध राम्रो बनाउँदा दुवै देशलाई हित हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल र भारतबिचको सम्बन्ध राम्रो राख्दा दुवै देशको हित हुने बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषय गोष्ठीमा सम्बोधन गर्नु हुँदै उनले नेपाल र भारतबीचको सम्बन्ध सन्तुलित र मजबुत बनाउनुपर्नेमा जोड दिए ।
‘नेपाल र भारतमा सरकार जुनसकै पार्टीको होस् । दुवै देशबीच आपसमा सम्बन्ध सन्तुलित र मजबुत राख्यो भने दुवै देशलाई हित हुने कुरा हामीले जोड गर्नुपर्छ ,’ उनले भने । फाउन्डेसनका अध्यक्ष समेत रहनुभएका सिंहले ०४६ सालको जनआन्दोलनमा चन्द्रशेरजीको भूमिकाको चर्चा गर्नुभयो । उहाँले भारतका पूर्वप्रधानमन्त्री, स्वर्गीय चन्द्रशेखरजी र ०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहबीच राम्रो सम्बन्ध रहेको बताए ।
‘चन्द्रशेखर जी र गणेशमानजीकोबिचमा राजनीतिक नेतामा हुनुपर्ने गुणहरुमा दुवैजनामा एकै किसिमको भएकाले हो की के हो एकआपसमा राम्रो सम्बन्ध थियो । उनीहरु एकले अर्कालाई उत्तिनै मान्नुहुन्थ्यो । चन्द्रशेखरजीले त एउटा प्रिय नेताका रुपमा र आइडोलगका रुपमा गणेशमानजीलाई मान्छु भनेर भन्नुहुनथ्यो,’ प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री सिंहले भने। सिंहअघि बोल्नुभएका बहुजन समाजवादी पार्टीका वरिष्ठ नेता र चन्द्रशेखरजीका निकटस्थ मानिने सोधेन्द्र भदौरियाले चन्द्रशेखरीले नेपालमा गणेशमान सिंहलाई सबैभन्दा बढी आदरभाव राख्ने गरेको र नेपालको महात्मा गान्धीका रुपमा चर्चा गर्ने गरेको सुनाएका थिए ।
उपप्रधानमन्त्री सिंहले ०४६ सालको जनआन्दोलनको तयारीका क्रममा चाक्सीबारीमा भएको सम्मेलनलाई सम्बोधन गर्न आएको बेलामा चन्द्रशेखरजीलाई नजिकबाट देख्न र सुन्न पाएको भन्दै त्यतीबेला उनले दिनुभएको मनको भयलाई हटाउ स्वतन्त्रता प्राप्त हुन्छ भन्ने चर्चीत वक्तव्य देशव्यापी रुपमानै फैलिएको स्मरण गरे । ०४६ सालको जनआन्दोलनको माहोल तताउन चन्दैशेखरजीको मन्तव्यले धेरै ठुलो भूमिका खेलेको पनि सिंहले बताए ।
‘नेपालमा स्वतन्त्रताका लागि लड्ने, भिड्ने, त्याग गर्ने यत्रा धेरै युवाहरुछन् । अवश्य पनि तपाईंहरुको आन्दोलन सफल हुनेछ भन्ने कुरा उहाँले व्यक्त गर्नुभयो । केही गर्रौं भनेर हामी यहाँ उपस्थित भएका छौं तर, हाम्रो उपस्थिती भए पनि नभएपनि तपाईंहरुको जुन आन्दोलन हो । लोकतन्त्रप्रतिको प्रतिवद्धता हो । त्यो सम्भव हुन्थ्यो भनेर उहाँले व्यक्त गर्नुभएको कुरालाई हामीले सम्झनुपर्छ ,’ उपप्रधानमन्त्री सिंहले भने ।
चन्द्रशेखर प्रधानमन्त्री भएर नेपाल भ्रमणमा आउँदा पनि तत्कालिन समयमा स्थानीय जनप्रतिनिधि नभएका बेला सर्वदलीय समिति बनाएर दशरथ रंगशालामा नागरिक अभिनन्दन गरेको दिनको पनि सिंहले स्मरण गरे । कांग्रेृस सभापति शेरबहादुर देउवा प्रमुख अतिथी रहेको कार्यक्रममा भारतका वरिष्ठ नेताहरु केसी त्यागी, भदौरिया, एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफ्नो धारणा राखेका थिए ।

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा

‘धरानको खानेपानी समस्या समाधान हुन्छ’

प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री ओली

‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’

मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओ…

मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओ…

प्रतिक्रिया