हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

काठमाडौँ- कवि हेमन्त शिशिरको कवितासङ्ग्रह 'बन्द कोठाको झ्याल' सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित 'विश्व-ज्योति पाण्डुलिपि पुरस्कार' जितेको उक्त सङ्ग्रह आज सार्वजनिक गरिएको हो ।
ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले कृति सार्वजनिक गरेका हुन् । सङ्ग्रह साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो । पुस्तकको मूल्य रु ३०० रहेको छ ।
कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन् । यसैगरी 'एपेक नेपाल' द्वारा यसै वर्षदेखि अर्पण गर्नेगरी स्थापना भएको 'विश्व-ज्योति काव्यसमान' पहिलो पटक वरिष्ठ कवि उषा शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । विसं. २०१२ सालमा पोखरामा जन्मिएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन् ।
'विश्व-ज्योति काव्यसमान'मा सम्मान पत्रसहित नगद रू ५१ हजार रुपैयाँ रहेको छ ।
यसैगरी कार्यक्रममा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, विधान आचार्य बाबू त्रिपाठी, उषा शेरचन, लक्ष्मी माली र प्रज्वल अधिकारीका कवितालाई एम आर्टका कलाकारको प्रस्तुति गरेका थिए । जसको निर्देशन वीरेन्द्र हमालले गरेका थिए ।

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

प्रतिक्रिया