‘धरानको खानेपानी समस्या समाधान हुन्छ’

काठमाडौँ– खानेपानीमन्त्री प्रदीप यादवले वर्षौँदेखिको धरानको खानेपानी समस्या समाधानको पहल भइरहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेस गरेका थिए।
मागपत्र बुझ्दै मन्त्री यादवले भने, ‘धरानको खानेपानी समस्याका विषयमा मसहित सिङ्गो मन्त्रालय जानकार छ। त्यहाँको खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ हामी लागिरहेका छौँ।’
मन्त्री यादवले यो समस्या दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए।
गर्मी सुरु भएकाले अहिले धरानमा खानेपानीको काकाकुल अवस्था सृजना भएकाले नागरिकलाई साह्रै दुःख भएको नगरप्रमुख राईले गुनासो गरेका थिए। उनले भने, ‘पानीको समस्या पहिलेदेखि थियो, अहिले गर्मी सुरु भएकाले झन् समस्या भयो, स्थायी रूपमा समस्या समाधानका लागि बजेट माग गर्न आएका हौँ।’

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा

नेपाल भारतसम्बन्ध राम्रो बनाउँदा दुवै देशलाई हित हुन्छ : उपप्रधानमन्त्री सिंह

प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री ओली

‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’

मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओ…

मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओ…

प्रतिक्रिया