मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु¥याउनुभएको योगदान’ विषयक कार्यक्रममा उनले भने, “पूर्वप्रधानमन्त्री चन्द्रशेखरले नेपालको प्रजातन्त्रबारे नेपालमा मात्र होइन भारतमा पनि आवाज उठाउनुभएको थियो । उहाँ नेपाल आएपछि प्रजातन्त्र प्राप्तिका आन्दोलनमा उत्साह थपिएको थियो ।”

एवं पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले चन्द्रशेखरप्रति नेपालमा सम्मान र सदभाव रहेको बताउँदै अहिले पनि नेपालको गणतन्त्रात्मक व्यवस्थाप्रति भारतको सदभाव रहेको उल्लेख गरे । “नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, गणेशमान सिंहलगायतप्रति उहाँको सम्बन्ध राम्रो थियो”, सभापति देउवाले भने, “नेपाल धेरै पटक आउनुभएको र मैले पनि राम्रोसँग चिनेको थिएँ, भारतमा जाँदा म उहाँको निवासमा गएको छु । उहाँ सहयोगी हुनुहुन्थ्यो ।”

 सभापति देउवाले नेपाल–भारतबीचको खुला सिमानाले दुई देशको प्रगाढ सम्बन्धको महत्वबारे स्पष्ट पारेको उल्लेख गर्दै दुवै देशका जनताबीच समेत घनिष्ठ सम्बन्ध रहिआएको बताए । -रासस