राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आमसभा प्रदर्शन गर्दैछ ।
भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो ।
‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’
उनले अगाडि भने, ‘सरकारको रवैयाबाट बुझौं, हाम्रो आन्दोलनले उचाई लिँदैछ, आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’
सो प्रदर्शनलाई सफल बनाउने पुर्व तयारीका लागि हिजो केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको थियो । जुन बैठकले प्रदर्शन सभ्य, अनुशाषित र भब्य बनाउने निर्णय गरेको छ ।
विवादस्पद मेडिकल ब्यवसायी दुर्गा प्रसाईं नेतृत्वको गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशाषित बनाउन बिशेष जोड दिनेछ ।

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

भृकुटीमण्डपमा सभा गर्न नदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने : तपाईंहरू मादल बजाएर आएको हो?

संसद्मा विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैलाई दुख्दा निर्मल निवासलाई कि…

प्रतिक्रिया