दुई कोभिड संक्रमितको मृत्यु

बुटवल : रुपन्देही र कपिलवस्तुका थप एक-एक जना कोभिड-१९ संक्रमितको बुटवलमा मृत्यु भएको छ । बुटवल-७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोभिड विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुकी महिला मंसिर १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । कोभिड संक्रमण पुष्टि भएपछि दुई दिनसम्म उनी होम आइसोलेसनमै बसेकी थिइन् ।
यस्तै मंसिर ११ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएकी बुटवलकी महिला मंसिर १३ गते अस्पताल भर्ना भएकी र उपचारका क्रममै मृत्यु भएको डा. गौतमले बताए । उनी मधुमेहको दीर्घ रोगी थिइन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोभिड संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२१, कपिलवस्तुमा २१ र लुम्बिनी प्रदेशमा २९२ पुगेको छ ।

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

प्रतिक्रिया