सर्लाहीको महादेव मन्दिरमा चैते दशैंको मेलामा अष्टजाम पुजा सम्पन्न

काठमाडौँ- सर्लाहीको महादेव मन्दिरमा चैते दशैं मेलाको अवसरमा अष्टजाम पुजा सम्पन्न भएको छ । इश्वर्पुर नगरपालिका -१३ श्रीनगर माहरानी बजारमा अवस्थित महादेव मन्दिर समिति तथा इश्वर्पुर नगरपालिका र राम बिलास जलेश्वरी देवी प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त पुजामा हजारौ दर्शनार्थीले दर्शन गरेका छन् ।
महादेव मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको महादेव मन्दीरमा यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइएको पुजारी कुशे महतोले बताए।
कार्यक्रममा प्रमुख अतिथि तथा सहयोगी राम बिलास जलेश्वरी देवी प्रतिष्ठानका अध्यक्ष राम देव महतोले धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको यस नगरमा रहेका हरेक सम्पदालाई संरक्षण गर्नुपर्ने बताए ।
एकिकृत विकास र प्रबर्धन गरि आन्तरिक र बाह्य पर्यटक भित्र्याउनु जरुरी रहेको उनले बताए । पर्यटन प्रवर्द्धन ले सामाजिक चेतना बिकास ,सरसफाइ-पर्यावरण स्वक्षतामा सकरात्मक प्रभाव तथा स्थानीय पहिचान,कला,संस्कृतिको जगेर्ना र संरक्षण हुने, स्थानीय उत्पादन,हस्तकलाले बजार पाउने सम्भावनाहरु बढ्दै जाने पनि उनले बताए ।
दुनिलाल महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाज सेवी सियाराम महतो , इश्वर्पुर वडा नम्बर १३ का वडा वडाध्यक्ष , विभिन्न दलका नेता तथा जन समुदाय को बाक्लो उपस्थिति थियो।
कार्यक्रममा सहभागी कर्तन भक्त मण्डल लाई दि एस पि ज्ञान कुमार महतो र महिला समाजसेवी अहिल्या महतोको सहयोगमा सहयोगमा च्यादर ओढाएर सम्मान गरियोको थियो।
माछा उत्पादन तथा अन्नको भण्डारको पहिचान बनाएको यस ईश्वरपुर नगरपालिका शान्त, प्रदुषणरहित, हरियालीयुक्त सुन्दर सहरमा श्रीनगर व्यापारिक र धार्मिक स्थलको एउटा अलग पहिचान हो।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_vQJk2V9Is5_3e6h2oo6v0werbcskyo2kxbtvoqo4kr2ytovm510uaowyqjzg7nnpxfhfn8r.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_6co2QPkzoF_uqkm9he1xwff7xdeler77nrvtuhqdl84s2qlvsylyyqmfjxufekcqsthzlr1.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया