बान्डुङ भावनाप्रति नेपालको प्रतिबद्ध छः सभामुख घिमिरे

ताशकन्द- सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तहरूप्रति आफ्नो मुलुकको प्रतिबद्धता पुनः दोहोर्याएका छन । उज्बेकिस्तानको ताशकन्दमा आयोजित असङ्लग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उनले नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका हुन ।
सभामुखले ७० वर्षअघि बान्डुङमा प्रारम्भ भएको भावनाले नेपाल जस्तो शान्तिप्रेमी राष्ट्रलाई प्रेरणा दिँदै आएको बताए । “नेपाल असङ्लग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्रको हैसियतले सबै राष्ट्रबीच शान्तिपूर्ण सहअस्तित्व र परस्पर सम्मानमा विश्वास राख्छ,” उनले भने ।
सभामुख घिमिरेले गौतम बुद्धको जन्मभूमि नेपालले “वसुधैव कुटुम्बकम्” को दर्शनलाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै बान्डुङ भावना आजको असमान विश्वलाई न्यायसंगत बनाउने मूल प्रेरणा बन्न सक्ने धारणा राखेका छन् ।
घिमिरेले जलवायु परिवर्तन, डिजिटल पहुँचको असमानता र आर्थिक विषमताजस्ता समसामयिक चुनौतीहरूको सामूहिक समाधानमा संसदहरूको भूमिका निर्णायक हुने स्पष्ट पार्नुभयो । नेपालजस्तो हिमाली राष्ट्रका लागि जलवायु न्याय अनिवार्य आवश्यकतामध्ये एक भएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय साझेदारीमा सन्तुलन कायम गर्न संसदहरूले सक्रियता देखाउनु पर्नेमा जोड दिए ।
सभामुख घिमिरेले नेपालको संविधानमै असङ्लग्नता र शान्तिपूर्ण मार्गको सुनिश्चितता गरिएको उल्लेख गर्दै आन्तरिक द्वन्द्वबाट लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय रहेको बताए । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको अग्रणी भूमिका बान्डुङ भावनाको जीवन्त अभिव्यक्ति भएको उनको भनाइ छ ।
सो क्रममा सभामुख घिमिरेले लोकतन्त्र, शान्ति र समानताका साझा मूल्यहरूलाई संसदमार्फत सुदृढ गर्दै न्यायपूर्ण र समृद्ध विश्व निर्माणमा एकजुट हुनसमेत आह्वान गरेका छन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_UBY5yXqjXt_e8uizvb0vxtbdku2mxud3c14o623nlsltnmgosybxfr09c2cf9k2e5wej8bz.jpg)
प्रतिक्रिया