जब हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परे पछि

स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ । बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो हुने ससुरा आफ्नो पूर्व प्रेमी अरु कोही नभएको थाहा पाएपछि उनको हुनेवाला नयाँ संसार नै चकनाचुर भएको छ ।
यो सनसनीपूर्ण गोप्य खुलासाले युवती र उनको प्रेमीबीचको सम्बन्धमा मात्रै तनाव उत्पन्न भएको छैन, परिवारमा पनि ठुलो हंगामा मच्चिएको छ । पोडकास्टमा आफ्नो कथा साझा गर्दै ती महिलाले भनिन् कि केही समय पहिले उनले अनलाइन डेटिङ एपमा एक युवकलाई भेटेकी थिइन । बिस्तारै कुराकानी बढ्यो, मित्रता गहिरियो र त्यसपछि यो सम्बन्ध प्रेममा परिणत भयो। दुवैले विवाह गर्ने निर्णय पनि गरे । सबै कुरा सुन्दर सपना जस्तो लाग्थ्यो तर एक भेटले उनको जीवन परिवर्तन गर्यो।
जब युवकले ती युवतीलाई आफ्ना आमाबुवासँग चिनाउने विचार गरे, उनी निकै उत्साहित भइन् । तर युवकको बुबालाई भेट्ने बित्तिकै उनको खुशी स्तब्ध भयो। महिलाले तुरुन्तै आफ्नो पुरानो प्रेमीलाई चिनिन्। ती युवकका बुवा उमेरले खासै बूढो देखिँदैनन्, त्यसैले उनलाई पहिले डेट गर्ने निर्णय गरेको उनले बताइन् ।
यो खुलासापछि महिला गहिरो भ्रममा परेकी छन् । एकातिर उनी आफ्नो मंगेतरलाई साँच्चै माया गर्छिन्, अर्कोतर्फ उनको विगतको तितो सत्यले उनलाई आराम गर्न दिइरहेको छैन। परिवारमा समेत अन्यौलको वातावरण सिर्जना भएको छ । अब यो आँधीपछि पनि आफ्नो सम्बन्ध अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने कुरा यो जोडीले नै तय गर्नेछन् ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया