'चीनको सैन्य विस्तार आश्चर्यजनक’
टोकियो- मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् ।
नाटो प्रमुखको भ्रमण एसिया–प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
“हामीले चीनप्रति सरलताका साथ काम लिनु हुँदैन”, महासचिव मार्क रुटले सोमबार प्रकाशित जापान टाइम्सलाई भने, “उनीहरूको सशस्त्र सेनाको विस्तार र रक्षा उद्योग तथा रक्षा क्षमताहरूमा गरेको लगानी आश्चर्यजनक छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्यतः युरोपेली नाटो गठबन्धनका अन्य सदस्यहरूलाई उनीहरूको सैन्य खर्च बढाउन दबाब दिइरहेका छन् ।
साथै उनले एसिया–प्रशान्त सहयोगीहरूलाई चीनको सामना गर्न र उत्तर कोरियालाई नियन्त्रण गर्न सहयोग पुर्याउन उनीहरूको सैन्य शक्ति बढाउन चाहेका छन् ।
“अमेरिकाले धारा ५ मा नभई शक्ति प्रक्षेपण गर्ने र नाटोभित्र एकअर्कालाई समर्थन गर्ने अर्थमा नाटोलाई (क्षेत्रमा) बढी संलग्न भएको हेर्न चाहन्छ”, रुटले भने ।
नाटोको धारा ५ ले यदि एक सदस्य राष्ट्रमाथि आक्रमण गरिएमा अन्य सबैले यसलाई सबैमाथि आक्रमण मानेर सोही अनुसार कारबाही गर्नेछन् भन्ने व्यवस्था गर्दछ ।
रुटले मङ्गलबार योकोसुका नौसेना आधारको भ्रमण गर्ने र बुधबार प्रधानमन्त्री सिगेरु इसिबासहित वरिष्ठ जापानी अधिकारीहरूलाई भेट्ने कार्यक्रम थियो ।
नाटोले पछिल्ला वर्षहरूमा तथाकथित आइपी४ भनेर जानिने जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसँगको सम्बन्ध बढाउन कदम चालेको छ । यी मुलुकका नेताहरू नाटो शिखर सम्मेलनहरूमा उपस्थित हुँदै आएका छन् ।
रुटले गत हप्ता जापान टाइम्सलाई नाटोले सूचना साझेदारी र रक्षा–औद्योगिक सहयोग बढाएर यो साझेदारीलाई अर्को स्तरमा लैजान चाहेको बताएका थिए ।
“हामीले संयुक्त घोषणाहरूभन्दा अगाडि बढ्नुपर्दछ... यसलाई व्यावहारिक बनाऔँ”, गत अक्टोबरमा नाटो प्रमुख बनेका डच नागरिक रुटले भने ।
जापानले युरोपका देशहरूसँग सैन्य सहयोग बढाएको छ र गत नोभेम्बरमा टोकियो र युरोपेली सङ्घ (इयु) ले नयाँ सुरक्षा र रक्षा साझेदारीको घोषणा गरेका थिए । (एएफपी)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया