हिम पहिरोमा बेपत्ता दुई जना शेर्पा भेटिएनन्

म्याग्दी- यहाँको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुई दिनदेखि दुईजना शेर्पा बेपत्ता छन् ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो शिविरको बीचमा गत सोमबार दिउँसो आएको हिउँपहिरोमा परेर सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा बेपत्ता भएका थिए ।
सेभेन समिट ट्रेकबाट आरोहीको सहयोगी (शेर्पा) का रूपमा हिमालमा गएका उनीहरुको आज बिहानैदेखि हेलिकप्टरमार्फत खोजी गरे पनि फेला पार्न नसकिएको उद्धारमा खटिएका अन्नपूर्ण गाउँपालिका–३ दानाका इन्द्रसिंह शेरचनले बताए ।
“मङ्गलबार दिउँसो कैलाश र प्रभुको हेलिकप्टरबाट सेभेन समिटका शेर्पासहितको टोलीले खोजी गर्यौँ तर फेला पार्न सकिएन”, उनले भने, “क्याम्प दुई र तीनको बीचमा निरन्तर हिमपहिरो खसेको छ ।”
खोजी कार्यमा ड्रोन क्यामेराको पनि प्रयोग गरिएको छ । अपराह्नदेखि मौसम खराब भएपछि आधार शिविर फर्किएको उद्धार टोली बुधबार बिहान पुनः त्यसतर्फ जाने भएको छ । टोलीले आरोहणका लागि तेस्रो शिविरमा पुगेका चार जना आरोहीहरूलाई हेलिकप्टरमार्फत आधार शिविर झारेको छ ।
हिमपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका भ-याङ भत्किएको शेरचनले जानकारी दिए । सोमबार बिहान ८ देखि ११ बजेको बीचमा ३२ जनाले अन्नपूर्ण आरोहण गरेका थिए । चालु वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् ।

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक
_AZ2TcUmxdC_xoaqv63x2vhelgdcqqso3curgobxt3dwmylkphgo6yylpvnwayboni2yanzg_gYmdV81v0i_qai6dayoyghfpms3wdzhmpfvtrj2oss5rowroazhjxinzw8tgtltb0trzi3q.jpg)
पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

प्रतिक्रिया