गोरखामा डढेलो नियन्त्रण प्रयासः पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

गोरखा- भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङ्गर सङ्कलन’ कार्यक्रम कार्यान्वयन गरेको छ । कार्यक्रम कार्यान्वयनसँगै पालिकाले पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकिलो रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको छ । पातपतिङ्गर जोकोही, टोल विकास संस्था, क्लब, समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर सङ्कलन गर्न पाउनेछन् ।
“सङ्कलित पातपतिङ्गर प्राङगरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्रीको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, प्रशासकीय अधिकृत अधिकारीले भने, “कार्यक्रम नयाँ हो तर यसलाई अनुकरणीय बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पातपतिङ्गर सङ्कलनबापतको रकम उपलब्ध गराइने छ ।
कार्यक्रमअन्तर्गत हाल गाउँपालिकास्थित अधिकांश वनका पातपतिङ्गर सङ्कलन भइरहेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । यो कार्यक्रमले बनलाई डढेलोबाट जोगाउन मद्दत मिल्ने उनको विश्वास छ ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_KAP9IB9ZzQ_10p129ajjpn3vs2pyahanjuhix6lkdy9pi158jpgqx4isx8auzcvyik1maba.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया