कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

तेह्रथुम- उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ । आज यहाँको तीनजुरे क्षेत्रस्थित ‘आरआर गार्डेन’मा कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दे उहाँले तीनै तहका सरकार मिलेर जनताको अवस्था बदल्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकार कोशी प्रदेश पर्यटन वर्ष–२०८२ मूल आयोजक समितिको आयोजनामा समारोह सम्पन्न भएको हो ।
शुभारम्भ समारोहका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विगतका वर्षमा पर्यटनमा भएका कमीकमजोरीलाई सच्याएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी पर्यटकीय गन्तव्यको विकास गर्दै पर्यटनबाट राष्ट्रिय पुँजी निर्माण गर्नेसमेत उहाँले बताउनुभयो ।
गुराँसको राजधानी घोषणा गरिएको पर्यटकीय क्षेत्र ¬¬(टिएमजे) तीनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटक मैत्री संरचना निर्माण गरिएका छन् । गुराँस फुल्ने याममा उक्त, क्षेत्रमा देश तथा विदेशबाटसमेत पर्यटकहरु आउने गर्छन् ।
विशेषगरी पूर्वी तराई तथा भारतको विहार, सिक्किम, दार्जिलिङ क्षेत्रबाट बर्सेनि हजारौँ पर्यटकहरु यहाँ आउने गर्छन् । सो समारोहलाई सम्बोधन गर्दै भारत विहारका लोकसभा सदस्य रामप्रित मण्डलले सुन्दर देश नेपालमा भारतीय पर्यटक पठाउन समन्वय गर्ने बताउनुभयो ।
उहाँले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको बताउँदै नेपालीहरुले भारतीय सेनामा कार्यरत रही भारतमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । टिएमजे क्षेत्र तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सिमानामा पर्छ । यहाँ २८ प्रजातिका गुराँस पाइन्छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकाले सो समारोहको समन्वय गरेको थियो ।
नगरप्रमुख अर्जुनबाबु माबुहाङले रित्तिरहेको पहाडलाई यस्ता पर्यटकीय क्षेत्रमा निर्माण गरिने संरचना र प्रचारप्रसारले पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख माबोहाङकै परिकल्पनामा गुराँसे जङ्गलको बीचमा आरआर गार्डेन निर्माण गरिएको हो ।
त्यसैगरी रैथाने शैलीमा चोत्लुङ पार्क निर्माण गरिएको छ । जसले पर्यटकीय नगरी लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकीय चहलपहल बढेको छ ।
समारोहमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्ट, प्रतिनिधिसभा सदस्यहरु सीता गुरुङ, राजेन्द्र राईलगायतको उपस्थिति थियो ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_bZg3zps99X_ku1zdz251kct7g8twuchhxerrh9punnvr3odnezcebitsrk3yai5nyt0kvib.jpg)
प्रतिक्रिया