तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संसद सचिवालय, सिहदरवार परिसरमा तीनै वटै समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११:०० बजे बोलाइएको छ। जुन बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल जारी रहने भएको छ ।
उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने चालु आर्थिक बर्ष ०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान १०:०० बजेवाट सुरू हुने जनाइएको छ।
विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको छ। जुन बैठक बिहान ११:०० बजे बाेलाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया