अमेरिकाले भारत पठायो मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणा

नयाँदिल्ली- सन् २००८ को मुम्बई आतंकवादी हमलाका दोषी तहव्वुर राणालाई अमेरिकाबाट भारत ल्याइँदैछ ।
रिपोर्टका अनुसार अनुसन्धान एजेन्सी एनआइए र गुप्तचर एजेन्सी रअको संयुक्त टोली तहव्वुरलाई लिएर विशेष उडानमा प्रस्थान गरिसकेको छ। उनी आजै अपरान्ह भारत आइ पुग्नेछन् । एनआईएले उनलाई आगामी केही सातासम्म आफ्नो हिरासतमा राख्नेछ।
तहव्वुरले भारत नआउन अमेरिकी सर्वोच्च अदालतमा निवेदनसमेत दिएका थिए, जुन खारेज भएको थियो । आफ्नो निवेदनमा उनले आफूलाई पार्किन्सन्स रोगबाट पीडित भएको उल्लेख गर्दै भारत पठाएमा आफूलाई यातना दिन सक्ने भन्दै अमेरिकामा नै रहने जिकिर गरेका थिए । तर, अमेरिकी अदालतले त्यसलाइ अस्विकार गरिदियो ।
तहव्वुर राणालाई एफबीआईले सन २००९ मा नैगिरफ्तार गरेको थियो। राणालाई लश्कर ए तैयबालाई समर्थन गरेकोमा अमेरिकामा दोषी ठहर गरिएको थियो। हालसम्म उनी लस एन्जलसको डिटेन्सन सेन्टरमा राखिएका थिए ।
खासमा २६ नोभेम्बर २००८ मा आतंकवादी संगठन लश्कर ए तैयबाका १० आतंकवादीले मुम्बईमा हमला गरेका थिए। यी आक्रमणहरू चार दिनसम्म जारी रह्यो। यी हमलाहरूमा ९ आक्रमणकारीसहित कुल १७५ व्यक्तिको मृत्यु भएको थियो र ३०० भन्दा बढी व्यक्ति घाइते भएका थिए।
मुम्बई हमलाको ४०५ पृष्ठको चार्जशीटमा राणाको नाम आरोपीको रूपमा उल्लेख गरिएको छ। जसका अनुसार राणा आईएसआई र लश्कर–ए–तैयबाका सदस्य हुन् भन्ने पनि खुलाइएको छ । राणाले आक्रमणका मुख्य अभियुक्त डेभिड कोलम्यान हेडलीलाई सहयोग गर्दै आएको पत्ता लागेको थियो । राणाले नै हेडलीलाई मुम्बईमा फर्स्ट वर्ल्ड नामको कार्यालय खोल्न मद्दत गरेका थिए । उनले आफ्नो आतंकवादी गतिविधि लुकाउन यो कार्यालय खोलेका थिए ।
हेडलीले अध्यागमन परामर्श र लश्कर ए तैयबाका आतंककारीहरूले आक्रमण गर्न सक्ने ठाउँहरू खोज्दै भारतभर घुमेका थिए । उनले मुम्बईको छत्रपति शिवाजी टर्मिनल र ताज होटलको रेकी गरेका थिए। पछि यहाँ आक्रमण पनि भयो ।
अमेरिकी सरकारले भनेको छ, ‘राणाले एक व्यक्तिलाई हेडलीका लागि मुम्बईमा फर्स्ट वर्ल्ड अफिस खोल्ने झुटो कथाको सत्यता देखाउने कागजपत्र तयार गर्न आदेश दिएको हेडलीले बताएको छ । राणाले हेडलीलाई भारत भ्रमणका लागि भिसा कसरी लिने भनेर सल्लाह दिएका थिए। यी सबै कुरा इमेल र अन्य कागजातहरूले प्रमाणित गरेका छन्।’
यसैबीच, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले राणालाई भारत ल्याउन गृह मन्त्रालयमा बैठक गरेका थिए।

स्वेच्छाले अमेरिका छाडनेलाई पैसादेखि हवाइ टिकटसम्म निःशुल्क

१३ सन्तानको पिता मस्क, अझै बढी किन जन्माउन चाहन्छन् सन्तान ?

'ट्रान्सजेन्डर महिला'लाई बेलायतले राख्यो महिला कोटाबाट बाहिर

अन्ततः ब्रम्हाण्डमा फेला पर्यो जीव भएको अर्को ग्रह

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द …

केही देशले अमेरिकासँगको वार्तालाई ‘लिकबाट हटाउन’ खोजिरहेका छन् : रुस

सुडानको अल–फासेरमा झडप, ५७ जनाको मृत्यु

प्रतिक्रिया