वीरेन्द्रको वंशनाश हुँदा कपाल खौरिएर १३ दिन शोक मनाएको थिएँ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा वीरेन्द्रको पारिवारिक वंशनाश हुँदा कपाल खौरिएर १३ दिन शोक मनाएको बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मातापिता जिउँदै रहँदा पनि आफुले कपाल खौरेर वीरेन्द्रको वंशनाशमा शोक मनाएको बताएका हुन् ।
‘राजा वीरेन्द्रको वंशनाश हुँदा कपाल खौरिने मै हुँ, १३ दिन शोक मनाएको थिएँ, जुन बेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्थाप्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर, अहिले निर्मलनिवासमा हुँदा त काठमाडौँमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त ।’
नेपाली कांग्रेसले संवैधानिक राजसंस्थाप्रति सदैव सम्मान गरेको तर राजाहरूलाई नपचेको उनले जनाएका छन् । ‘बिपी कोइराला माथी राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिँड्नु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संवैधानिक राजसंस्था भन्नु भयो तर राजाले के गरे त भने उल्टै कांग्रेसलाई नै दुःख दिने काम गर्यो ।’
उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने ५ वर्षे ब्यवस्था छ, सोही व्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौं । ‘कतिसम्म राजाको विरूद्ध किताव लेख्ने मेरै क्षेत्रका नवराज सुवेदीलाई उचालेर पूर्वराजाले उपद्रो मच्चाउन लगाए, योबाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ ?’ उनको प्रश्न थियो ।
गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालबाट भए पनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।

देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो

देशभरी वर्षा हुने, सावधानी अपनाउन अनुराेध
रास्वपाको निर्वाचन आयोगमा अद्यावधिक
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_0cyk9UQyje_aum1ew1ym3fmtsoruy9sz4x9k4quajtnv08vbaetscmzwkqevxeno00c0btn_MLpAx28ipz_u2xg76gwbdtdlogsmw3u4ntcu6dw7fmp6uhwapeetrkfjpkx8hg40plsdy2g.jpg)
गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

तरकारी र खसीबोका बिक्रीबाट महाशिलामा भित्रियो तीन करोड ५० लाख

कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना ?

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

प्रतिक्रिया