चित्तवनमा दिपल इभीको औपचारिक विक्रीवितरण सुरु

चित्तवन- नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चित्तवनबाट निकै रुचाइएको दिपल इभीहरुको विक्रीवितरणलाई औपचारिक रुपमा सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चित्तवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गर्नु भएको हो ।
दिपल इभी सार्वजनिक गर्नुहुँदै चित्तवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चित्तवनमा चांगानको सफलताको कामना गर्नु भयो । साथै, उहाँले चांगान र अन्य ब्रान्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सय वटा भन्दा दिपल विक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो इभीप्रेमीको रोजाइमा परेको बताउनु भयो । उहाँले दिपलको विक्री र विक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चित्तवनका लागि राजहंग अटोमोबाइल जोडिनु भएकोमा धन्यवाद पनि प्रकट गर्नु भयो ।
दिपलको नयाँ सोरुम चित्तवनमा
एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइलमार्फत चित्तवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको छ ।
चित्तवनमा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले बिहीबारबाट तीनदिनका लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरेको छ । यो अवधिमा चित्तवनकाइभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ ।
टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले मात्र २० प्रतिशत डाउनपेमेन्टमा दिपल इभी खरिद गर्न सक्नुहुनेछ । यसका साथै, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउनु हुनेछ । साथै, दिपलका इभी टेस्टड्राइभ गर्नु हुने सबैले दिपलको तर्फबाट उपहार पाउनु हुनेछ ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो इभी नेपाली बजारमा आठ सयभन्दा बढी विक्री भइसकेको छ ।

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

सुन तोलाको १ लाख ९० हजार नाघ्यो

केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेप्से परिसूचक सात अंकले बढ्यो, पाँच कम्पनीको मूल्यमा सकरात्मक सर्किट

प्रतिक्रिया