नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

काठमाडौं- डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । स्थानीय समयअनुसार गत मंगलबार राति अबेर राति क्लबको छाना खसेको हो ।
देशकी प्रसिद्ध गायिका रुबी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला यो दुर्घटना भएको हो । लाइभ प्रदर्शनको क्रममा अचानक क्लबको छत भत्कियो र धेरै व्यक्तिहरू पुरिएका थिए । देशको आपतकालीन अपरेशन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले विगत २४ घण्टादेखि उद्धार कार्य जारी रहेको तर अहिले बाँच्ने आशा घट्दै गएको बताए । भग्नावशेषबाट शव मात्रै निस्किरहेका छन् ।
तर, हामी कसैलाई पनि भग्नावशेषमुनि रहन दिने छैनौँ र कामलाई निरन्तरता दिनेछौँ । दुर्घटनामा सयौं घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुर्घटनामा परी हालसम्म १ सय ५५ जनालाई भग्नावशेषबाट जिउँदै निकालिएको छ । दुर्घटना हुँदा क्लबमा कति जना थिए भन्नेबारे प्रशासनले अझै स्पष्ट पार्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार क्लबमा ठूलो संख्यामा मानिसहरु उपस्थित थिए ।

भारतमा हवाइ उडानमा रोक, शनिबारसम्म २९ विमानस्थल बन्द

इजरायली सेनाले विद्यार्थी निकालेर बन्द गरिदियो प्यालेस्टाइनका तीन विद्यालय

'गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत'

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गर्यो : दक्षिण कोरिया

एउटा यस्तो देश : जहाँ मान्छेभन्दा बढी छन् भेडा

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

प्रतिक्रिया