म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

काठमाडौँ- पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ ।
ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिङ्क खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिङ्क पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । -रासस

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलंकामा भारतीय प्रधानमन्त्री मोदी

दश स्थानीय तहका २० वडा डढेलोको उच्च जोखिममा

लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

चार लाखभन्दा बढी रकम लुटेको आरोपमा एक जना पक्राउ

भाग खोज्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भने भाग दिने प्रधानमन्त्रीले रा…

विद्युत् प्राधिकरण बालुवाटारको खटनपटनमा : १४० मेगावाटको मनाङ-मर्स्याङ्दीको रात…

प्लास्टिक 'व्याण्ड' गरेर उदाहरणीय बनेको हेटौडा किन आलोचित भइरहेको छ ?

प्रतिक्रिया