शनिबार ३० चैत, २०८१
Saturday, April 12, 2025

आफ्नो सुरक्षाका लागि भारत प्रहरीसामु आत्मसमर्पण गर्‍यौँः प्रसाईको सचिवालयल

काठमाडौँ- दुर्गा प्रसाईले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रसाईको सचिवालयले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।

'अहिले २ घण्टा अगाडी हाम्रा अभियान का सयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,हिजो मात्र हामि ले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षाको ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्छौ भनेका थियौ र आज उपस्थित भयौ!(दुर्गा प्रसाई)जय देश जय राष्ट्रवाद,' सचिवालयले भन्यो ।​​​