छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बागमती- मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका– ५ सिमलटार निवासी ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
करेन्ट लागेर सिकिस्त भएका तिमल्सिनाको हेटौँडाअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, हेटौँडा–धरान चतरा सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १६ गुरुधामचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ठूलोदमारबाट हटियातर्फ जाँदै गरेको बा प०३–०४ प ९५२६ नं को स्कुटरको ठक्करबाट पैदलयात्री स्थानीय ७६ वर्षीय अनिरुद्र बाँस्ताकोटीको मृत्यु भएको अर्यालले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते बाँस्ताकोटीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा गएराति मृत्यु भएको हो ।
सोही दुर्घटनामा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका– १७ ठूलोगँगटे निवासी २७ वर्षीय सन्दिप थापा घाइते भएको र उहाँको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक…

६ लेनको सडक उद्घाटनमा पुगिन् मेयर रेणु

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै

प्रतिक्रिया