सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

काठमाडौँ- सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको हो । तसर्थ, वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । सन नेपालको हकप्रद सेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

प्रतिक्रिया