ट्रयाक्टरले मोटरसाइकललाई दियो ठक्कर : श्रीमतीको निधन, श्रीमान घाइते

रौतहट- रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिकास्थित ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने चालक श्रीमान घाइते भएका छन्।
गएराति मौलापुरबाट गम्हरिया गाँउतर्फ गइगरेको प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आइरहेको ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई मौलापुर ३ नौलाखा गेट नजिकै ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते मोटरसाइकलमा पछाडी सवार ४५ वर्षीया सितादेवी साह कानुलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए। ठक्करबाट मृतक महिलाको श्रीमान मोटरसाइकल चालक लखिन्दर साह कानु घाइते भएको प्रहरीले जनाएको छ।
ट्याक्टरका चालक फरार भएपछि ट्याक्टर र साहु रामइश्वर साहलाई ईलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिइएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

चट्याङ लागेर रोहिताको मृत्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_iF4OBknMjV_3md7sdtkg4a0pzbci3rj4xxbemw0pfvurmqzgxb84sbtcr3emurwcwmxbdgg_LqjdmPB9dx_tutyirgpo4bwlihhefmjhsdug3724es7u3m3zmtz0yyu9kc74qujw6bzry7o.jpg)
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_EmozxV7e7V_dg3cuvlyqcxcjn1ho8t5d1pfn9lc4uufmk4odvrgz6gjj98rx1r4bqckyeze.jpg)
बिवाह अर्कैसँग भएपनि मालिनीसँगको प्रेममा कमी नआएपछि बैशाख १ गते मात्रै फूल्छ…

प्रतिक्रिया