बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायत घटनामा संलग्नहरुरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज उहाँले उक्त प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाइँलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताए ।

सोही प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिए । “घाइतेलाई अस्पतालमा पुगेर मैले भेटेको छु । घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहतस्वरुप रु दश/दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ”, उनले भने ।

गृहमन्त्री लेखकले तीन कुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्यासमेत गरे । “लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी उचित हुदैन” उनले भने,“ हिन्दू धर्म जस्तो उत्कृष्ट धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नुहुदैन ।”

गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएकामा जोड दिए । त्यसैले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनको भनाइ थियो । “यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर छ । घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक कार्य हो भन्नेमा प्रष्ट छौँ”, उनले भने । 

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …

एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका सदर भएका छौं : शेखर कोइराला

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…