जसपा नेपाल रौतहटमा राजिव रञ्जनको प्यानल निर्वाचित

रौतहट- जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको छ।
जिल्ला अध्यक्ष लगायत ७ पदाधिकारीका लागी भएको निर्वाचनमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको हो।
उनी ६६ मतको अन्तरले विजयी भएका हुन् । राजीव रञ्जनले १९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष श्याम विहारी यादवले १३० मत ल्याएका थिए।
गएराति प्राप्त अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा उनको प्यानलका पारस भण्डारी -१९८ ,अमरुल हक १८५ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिद्वन्द्वी अमृतलाल चौधरी - १०९ र रामेश्वर रायले १३२ मत प्राप्त गरेका थिए। सचिवमा शम्भु प्रसाद यादव १९१ मत सहित विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जयराम महतोले कुल १२४ मत प्राप्त गरेका थिए।
त्यस्तै सहसचिवमा उपेन्द्र राय१८६ ,दीपेन्द्र पटेल १९७ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी प्रवेज़ आलमले १२४ वसन्त झाले ११३ मत प्राप्त गरेका थिए।
कोषाध्यक्षमा बृज मोहन साहले १७२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्दी सुरेन्द्र बैठाले १४१ मत प्राप्त गरेका थिए।
त्यसैगरी सदस्य पदका लागि ४२ जना निर्विरोध निर्वाचित भएका छन्। जसपा रौतहटका अध्यक्ष राजीव रञ्जन यादवको नेतृत्वमा ४९ सदस्यिय जिल्ला कमिटी गठन भएको जनाइएको छ। जसपा रौतहटको अधिवेशनको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दुई दिनअघि प्रमुख अतिथि बनेर उद्घाटन गरेका थिए।
जिल्ला कमिटीको लागी सर्वसहमति न भएपछि निर्वाचन प्रक्रियाबाट सम्पन्न भएको अध्यक्ष यादवले जानकारी दिए ।

कर्फ्युले नयाँ वर्षको स्वागतमा आयोजित रात्री बजार स्थगित
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_xXf8j4dxv7_jhdaonyadw2dz92zdq7x5z2nq94qsp2x5j67btdjcxropyserdntvtepin26_Ij5FLfEO2U_w5yn1ks5qzudztmxstt5gsxiw3pxtha256bsthbegvkflzmi5dioysferpj9.jpg)
वीरगञ्जमा कर्फ्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_7CnjcsYIvo_n7wtupm5z3m98mpvpze1bfp70tgr3h0jnzmamqmgc0iyaqnb0qqpleugg6eb.jpg)
हनुमान जयन्ती मनाउने क्रममा दुई समुदायबीच झडप, वीरगञ्ज तनावग्रस्त (फोटो फिचर)

समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन

रौतहट प्रहरीद्वारा चोरीको पाँच मोटरसाइकल बरामद

चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाच…

प्रतिक्रिया