भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

नयाँदिल्ली- भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ (चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गरेका छन् ।
विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।
मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । (सिन्ह्वा)

युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर
अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

१५ वर्षपछि पाकिस्तान र बंगलादेशबीच सचिवस्तरीय वार्ता

स्वेच्छाले अमेरिका छाडनेलाई पैसादेखि हवाइ टिकटसम्म निःशुल्क

१३ सन्तानको पिता मस्क, अझै बढी किन जन्माउन चाहन्छन् सन्तान ?

'ट्रान्सजेन्डर महिला'लाई बेलायतले राख्यो महिला कोटाबाट बाहिर

अन्ततः ब्रम्हाण्डमा फेला पर्यो जीव भएको अर्को ग्रह

प्रतिक्रिया