चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम
टोकियो- चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो ।
झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् ।
हाइड्रोजनको विशेष ऊर्जात्मक गुणलाई ध्यानमा राखी यस ड्रोनले प्राविधिकरूपमा ठूलो उपलब्धि हासिल गरेको विकासकर्ताहरूले बताएका छन् ।
यो कीर्तिमानी उडान चीनको दक्षिण–पश्चिम सिचुवान प्रान्तको दुज्याङयान क्षेत्रमा गरिएको थियो ।
ड्रोनलाई उडाउनको लागि चालकविहीन सवारीसाधनको छतमा राखेर चलाइएको थियो । सवारी साधन गतिमा रहँदा त्यसैको माथिबाट ड्रोन सफलतापूर्वक उडाइएको थियो ।
उडानको क्रममा ड्रोनले आफ्नो बोर्डमा रहेको प्रविधिमार्फत जमिनबाट टाढा रहेर पनि स्थायी रूपमा निगरानी गर्न सक्ने क्षमता देखाएको थियो । यसले हाइड्रोजन ड्रोनको प्रयोग अत्यन्त सम्भावनायुक्त रहेको देखाएको छ । (सिन्ह्वा)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया