टर्कीएमा थप ९३ प्रदर्शनकारी विद्यार्थी रिहा

इस्तानबुल- टर्कीएका एक अदालतले शुक्रबार हालैको प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका ९३ जना युवा प्रदर्शनकारीलाई रिहा गर्न आदेश दिएको छ ।
यसअघि बिहीबार पनि १०७ विद्यार्थीलाई रिहा गरिएको थियो । उनीहरूले इस्तानबुलका लोकप्रिय विपक्षी नेता र मेयर एकरेम इमामोग्लुलाई जेल सजाय सुनाइएको विरोधमा प्रदर्शन गरेका थिए । इमामोग्लु राष्ट्रपति रेचेप तैय्यप एर्दोगानका मुख्य राजनीतिक प्रतिस्पर्धी मानिन्छन् ।
अदालतले दिएको निर्णयमा पक्राउ परेका विद्यार्थीहरूको अध्ययन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उनीहरूलाई रिहा गरिएको उल्लेख गरिएको छ । यो जानकारी केही विद्यार्थीका कानूनी प्रतिनिधिहरूले सार्वजनिक गरेका हुन् ।
इमामोग्लुलाई मार्च १९ मा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो, जुन आरोप उनले अस्वीकार गर्दै आएका छन् । त्यसयता भएका प्रदर्शनहरूमा संलग्न भएको आरोपमा करिब दुई हजार जना पक्राउ परेका छन्, जसमा ३०० भन्दा बढी विद्यार्थी रहेका छन् ।
स्थिति नियन्त्रणमा ल्याउन सरकारले इस्तानबुल, अङ्कारा र इज्मिरमा केही समयका लागि प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । रमजानको चाडपर्व र विश्वविद्यालय बन्द भएपछि प्रदर्शन केही समयका लागि रोकिएको थियो । तर पछिल्लो दिनहरूमा फेरि इस्तानबुल र अङ्कारामा प्रदर्शनहरू सुरु भएका छन्, यद्यपि सहभागी सङ्ख्या केही कम देखिएको छ ।
मुख्य विपक्षी दल रिपब्लिकन पीपुल्स पार्टी (सीएचपी) ले इमामोग्लुलाई राष्ट्रपतीय उम्मेदवारको रूपमा अघि सारेको छ र हरेक सप्ताहन्त देशभरका सहरहरूमा शान्तिपूर्ण प्रदर्शन गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेको छ ।
पार्टीले विशेषगरी यही आइतबार कालो समुद्रस्थित प्रमुख बन्दरगाह सहर साम्सुनमा ठूलो जनसभा आयोजना गर्ने तयारी गरिरहेको छ । (एएफपी)

युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर
अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

१५ वर्षपछि पाकिस्तान र बंगलादेशबीच सचिवस्तरीय वार्ता

स्वेच्छाले अमेरिका छाडनेलाई पैसादेखि हवाइ टिकटसम्म निःशुल्क

१३ सन्तानको पिता मस्क, अझै बढी किन जन्माउन चाहन्छन् सन्तान ?

'ट्रान्सजेन्डर महिला'लाई बेलायतले राख्यो महिला कोटाबाट बाहिर

अन्ततः ब्रम्हाण्डमा फेला पर्यो जीव भएको अर्को ग्रह

प्रतिक्रिया