जुम्लामा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक

जुम्ला- हिमाली जिल्ला जुम्लामा पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको हो ।
देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने गर्दछ । हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो । दुई शैक्षिक सत्र अघिदेखि जुम्लामा वैशाखदेखि नै सुरु हुने गरेको छ । यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारमा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।
नयाँ शैक्षिक सत्रका लागि जिल्लामा गत चैत १७ गते पाठ्यपुस्तक पुगेको छ । खड्काले भने, “कक्षा १–५ सम्मको रु एक हजार ५०० सेटको र कक्षा ६–१० सम्मको रु दुई हजार प्रतिसेटमा पाठ्यपुस्तक आइपुगेको छ, यहाँका आठ स्कुलले पाठ्यपुस्तक लिएका छन्, अझै विद्यालयबाट माग आउँदै छ, आन्दोलनका कारण शिक्षक बाहिर छन्, अहिले कमै मात्र बिक्री भइरहेको छ, स्कुल खुलेपछि पाठ्यपुस्तक लिनेको सङ्ख्या बढ्ने सन्ध्या स्टेसनरीका सञ्चालक खड्काको भनाइ छ ।”
यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । यस्तै कनकासुन्दरीको दर्पण स्टेशनरी, सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजदेखि अनलाइनबाट लिन सकिने
जनकपुरमा ८ करोडको झण्डै ६ लाख किताब बिक्री

विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन

बुढानिलकण्ठमा सम्यक स्कूल सञ्चालनमा, गुणस्तरीय शिक्षाका लागि नयाँ विकल्प

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्ज…

थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि अक्षयकोष स्थापना

प्रतिक्रिया