गाजा युद्धविरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै

काहिरो- हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी काहिरो जाँदैछ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुनेछ ।
अधिकारीले भने “हामी आशा गर्छौं कि यो बैठकले युद्ध अन्त्य गर्न, आक्रमण रोक्न र गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न सहमति हासिल गर्ने दिशामा प्रगति ल्याउनेछ ।” उनी सार्वजनिक रूपमा बोल्न अधिकार प्राप्त नभएकाले नाम नखुलाउने सर्तमा जानकारी दिए ।
प्रतिनिधिमण्डलको नेतृत्व हमासका प्रमुख वार्ताकार खालिल अल–हैयाले गर्ने जानकारी दिइएको छ ।
उनका अनुसार हालसम्म हमासले कुनै नयाँ औपचारिक युद्धविराम प्रस्ताव प्राप्त गरेको छैन, यद्यपि इजरायली सञ्चारमाध्यमहरूले इजरायल र इजिप्टबीच प्रस्ताव आदानप्रदान भएको दाबी गरेका छन् ।
यद्यपि, अधिकारीले इजिप्टका मध्यस्थकर्तासँग नियमित सम्पर्क र छलफल जारी रहेको बताए । साथै उनले इजरायलले गाजामा सैन्य आक्रमण अझै पनि जारी राखेको आरोप पनि लगाएका छन् । (एएफपी)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया