ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

काठमाडौँ- केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा शेरबहादुर देउवाले संकेत गरेका छन् ।
आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकेको र जसका कारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए ।
कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफोमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटा प्रतिक्रिया दिँदै भने ।
हिजो कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाउँदै ‘बिडँ तातेर मात्रै हुन्न, ताप्के नै तात्नु पर्ने रहेछ’ भनेर ओली सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाएका छन् ।
त्यसैगरी, उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा गलत सूचनाको आधारमा बोलेको भन्दै सच्चाउने कार्य गरेका छन् ।
‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु, उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूत चाँही उहाँकाे निवासमा भेट्न जाँदा भएको कुरा हो, अलिकति भ्रम भएछ, मैले बुझिनछु,’ उनले भने ।

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

माओवादीका नेताहरू चीन भ्रमणमा

रवि लामिछाने प्रकरण : रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपाको सचिवालय बैठक बस्दै

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

प्रतिक्रिया