एमालेका युवाहरू सकिए भन्नेहरूलाई बैशाख ११ गते देखाउँछौं : प्रधानमन्त्री ओली

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पक्षमा युवा छैनन भन्नेहरूलाई बैशाख ११ गते देख्ने बताएका छन् ।
दमकमा आयोजित जागरण सभालाई आज सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमाले मात्रै युवाहरूले मन पराएको पार्टी हो भन्ने सो दिन प्रमाणित हुने पनि दाबी गरेका छन् ।
युवाहरूलाई आफ्नो देश आफैले बनाउँछु पर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए ।
एमालेले वैशाख ११ गते अर्थात लोकतन्त्र दिवसका दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्ष मुनिका युवाहरू त्यस दिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गरेका छन् ।
“एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरू सकिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका हौं, म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरूलाई भेला पार्न सक्दैन, ” उनले भने “युवाहरुले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_5mINqLofye_fwa6lo7f0k6iifsklnv0zxdik2qxqg07alps6dkj41ygnb9kfmkm40lysljz.jpg)
प्रतिक्रिया